
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआर्ई)का अध्यक्ष राजेशकुमार अग्रवालले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रमा कर्जा बिस्तार हुने गरी मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको पूर्वसन्ध्यामा आयोजना गरेको संयुक्त कार्यक्रममा अग्रवालले ब्याजदर एकल अंकमा झार्न आग्रह गरेका थिए ।
चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले १२.६ प्रतिशत राखेको कर्जा बिस्तार वैशाखसम्म ३.३ प्रतिशत मात्रै भएको तथ्यांक राख्दै उनले आगामी दिनमा राष्ट्र बैंकले यस विषयमा ध्यान दिनुपर्ने बताए ।
अग्रवालले भने, ‘राष्ट्र बैंकले अहिले दोहोरो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने आवशयकता छ। महँगीदर नियन्त्रण गर्न कसिलो मौद्रिक नीति चाहिएको छ भने आर्थिक वृद्धि दर हासिल गर्न र रोजगारी सृजना गर्न खुकुलो मौद्रिक नीति चाहिएको हो ।’
मौद्रिक औजारहरुको उचित व्यवस्थापन गरी उपलब्ध तरलता र ब्याजदर सहज स्थितिमा राख्न आग्रह गरे। यसो गरे अर्थतन्त्रको माग बढ्ने उनको दाबी छ ।
[pdf id=422894]