प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रियसभा अवरुद्ध

<p>काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिए । सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भनाई गलत भएको तर्क [&hellip;]</p>

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिए ।

सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भनाई गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए ।

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे । तर, उनीहरुले उभिएर विरोध जारी राखेका थिए ।सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि  सहयाेग गर्न आग्रह गरेका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२‍.२९ बजे बस्नेछ ।

Share News