
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । अभिनेत्री तथा मोडल समेत रहेकी एलिजाले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् ।
उन्मुक्ति पार्टीसँग जोडिएको करिब पाँच महिनामै राजनीति त्यागेको घोषणा उनले गरेकी हुन् । आगामी दिन समाजसेवामा विताउने गाैतमले बताएकी छिन् ।
उनी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भए पनि पार्टीले भने कुनै जिम्मेवारी दिएकाे थिएन ।
धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षारोपण गरेको र १० वटा सावेल उपहारस्वरूप प्रदान गरेको पनि गाैतमले बताएकी छिन् ।
‘म धरानका मेयर हर्कराज राईको कामबाट प्रभावित छु, उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ, देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् ।