
काठमाडौं– एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)अन्तर्गत इकाईधनीहरुले भुक्तानी सेड्युल गरेर लगानी गर्न सक्ने भएका छन् ।
एनएमबि क्यापिटल र एनसीएचएले सम्झौता गरेर एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआइपीमा मासिक वा त्रैमासिक लगानी गर्दा अनलाइन प्रणालीबाट लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालितरुपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
एनएमबि क्यापिटलको एसआयपी अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ ।
एनएमबि क्यापिटललले स–सानो रकमको लगानीमा समेत कम्पाउण्डिङ्ग रिटर्नको फाइदा लिन मिल्ने गरी एसआइपीमा लगानी गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ ।
आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा एसआइपीमार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको एनएमबी क्यापिटलले बताएको छ ।