कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : राजश्व उठाउन जिम्मेवार र कर्तव्यनिष्ट हुनु

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह उनले निर्देशन दिएका हुन । ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला, यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह उनले निर्देशन दिएका हुन ।

‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला, यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ,’ उनले भने, ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्नु, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’

उनले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नगर्न समेत निर्देशन दिएका छन् ।

‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं, त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ’, उनले भने, ‘अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ, हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पूँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौं, यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौं ।’

उनले पछिल्लो समय भ्याटको दर खुम्चिदा समस्या पर्न थालेको भन्दै करको दरलाई फराकिलो बनाउने तर्फ जोड दिए ।

‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं, नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो, पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो, यसले पनि समस्या ल्याउँदै गयो, कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन, राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो, करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौँ’, उनले भने

Share News