एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

<p>काठमाडौं । प्रमुख पतिपक्षको रुपमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले विरोध [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । प्रमुख पतिपक्षको रुपमा रहेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ । बुधबार दिउँसो बसेको राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले विरोध गरेको छ ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको बताए ।

उनले प्रधानमन्त्रीले तुरुन्दै राजीनामा दिनुपर्नै भन्दै राजीनामा नदिएसम्म बैठक चल्न नदिने बताए ।

एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

Share News