प्रधानमन्त्रीले भने- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन् । बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ, खासमा यसको अर्थ अर्कै [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ, खासमा यसको अर्थ अर्कै छ’, उनले भने, ‘मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे, कतिपय दललाई मिटरब्याजीलाई कार्वाही गर्न खोजेको कुरा मन परेको छ, भ्रष्टाचारीलाई कार्वाही गर्ने कुरा मन परेको छैन, यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’

उनले नेकपा माओवादी केन्द्र सुशासन, भ्रष्टाचार विरुद्धको लडाइँ रहेको भन्दै सो लडाईमा जित्ने दाबी गरे ।

‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ’, उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ। तर अहिले परिस्थिति फेरिएको छ, माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौँ, २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

Share News