धमिलो पानी बग्ने बेलासम्म मेलम्चीबाट काठमाडौं आउने पानी बन्द हुने

<p>काठमाडौं । मेलम्ची आयोजनाबाट काठमाडौं आउने पानी बन्द भएको छ । वर्षायामको शुरुवातसँगै पानी धमिलो आउन थालेपछि पानी ३/४ दिनदेखि पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले विकासन्युजलाई बताए । समितिले अहिलेको वर्षायाममा पानी बन्द नगर्ने सोच बनाएको भएपनि खानेपानी मन्त्रालय, परामर्शदाता र एशियाली विकास बैंकको सुझावको आधारमा बन्द गरेको अधिकारी [&hellip;]</p>

फाइल तस्बिर

काठमाडौं । मेलम्ची आयोजनाबाट काठमाडौं आउने पानी बन्द भएको छ । वर्षायामको शुरुवातसँगै पानी धमिलो आउन थालेपछि पानी ३/४ दिनदेखि पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले विकासन्युजलाई बताए ।

समितिले अहिलेको वर्षायाममा पानी बन्द नगर्ने सोच बनाएको भएपनि खानेपानी मन्त्रालय, परामर्शदाता र एशियाली विकास बैंकको सुझावको आधारमा बन्द गरेको अधिकारी पन्तले बताए । पन्तका अनुसार पानी कहिलेसम्म बन्द गर्ने भनेर निर्णय भने समितिले गरेको छैन् । मौसम अनुकुल भएको अवस्थामा पानी सूचारु हुनसक्ने उनले बताए ।

‘हेडबक्स माथि पर्ने पानीको अवस्था र धमिलो पानीको मात्रालाई हेरेर काम गर्छौं’, उनले भने, ‘तर पानी यो बेलासम्म नै बन्द गर्ने भनेर निर्णय भने भएको छैन ।’ धमिलो पानी पसेर पछि सफा गर्न गाह्रो हुनसक्ने कुरालाई ध्यानमा राखेर पानी बन्द गरिएको उनको भनाइ छ ।

Share News