११ महिनामा भित्रियो ४३ अर्बभन्दा बढीको सुन

<p>काठमाडौं । सुनको आयात ४३ अर्बभन्दा बढी भएको छ । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी [&hellip;]</p>

काठमाडौं । सुनको आयात ४३ अर्बभन्दा बढी भएको छ । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो ।

डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ ।

गत वर्ष ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ ।

बजारमा सुनको मूल्य सामान्य घटेर एक लाख १० हजार रुपियाँमा कारोबार भइरहेको छ । गत जेठ महिनामा एक लाख १२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । पछिल्लो समय सामान्य घटेर एक लाख १० हजार रुपियाँमा झरेको छ । सुनको मूल्य बढ्दै गएकाले कारोबारमा गिरावट आएको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार हाल दैनिक १० देखि १५ किलो सुन मात्र कारोबार हुने गरेको छ ।

Share News