काठमाडौँ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलबीच एकीकृत कारोबार शुरु भएकाे छ ।
एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गरेको हाे ।
यस सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव पारित गरेको थियो ।
प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ ।
प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटलको नाम समेत एनआइएमबि एस क्यापिटल हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेको छ ।
साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ अनुसार कारोबार सुरु भएको छ ।