काठमाडौं । नक्कली नोटको कारोबार गर्ने मकवानपुरका पासाङ भोम्जन (प्रशान्त) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोट कारोबार गरिरहेका प्रशान्तलाई ललितपुरको ईमाडोलबाट नक्कली नोटहरु सहित पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । सो क्रममा उक्त टोलीले असार १५ गते करिब अपरान्ह ४ बजेको समयमा नक्कली कारोबार गरिरहेका मकवानपुरको मकवानपुरगढी गाउँ पालिका वडा नं. १मा स्थायी घर भएका प्रशान्तलाई पक्राउ गरेको हो ।
उनी हाल ललितपुरको ईमाडोलमा बस्दै आएका छन् ।
प्रशान्तलाई ५०० रुपैयाँ दरका १६० थान गरी कूल ८० हजार रुपैयाँ बराबरको नक्कली नोटहरु सहित पक्राउ गरिएको हो । यसबाटे थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको समेत जानकारी गराएको छ ।