ललिता निवासको जग्गामा तारवार लगाउँदै काठमाडौं महानगर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा वरिपरि तारबार लगाउने भएको छ । उक्त सार्वजनिक जग्गा संरक्षण गर्न महानगरले तारवार लगाउन लागेको हो । जसको लागि महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार आजै अर्थात आइतबार नै बालुवाटार जान लागेको छ । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा चार जना पक्राउ परेका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा वरिपरि तारबार लगाउने भएको छ । उक्त सार्वजनिक जग्गा संरक्षण गर्न महानगरले तारवार लगाउन लागेको हो ।

जसको लागि महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार आजै अर्थात आइतबार नै बालुवाटार जान लागेको छ ।

सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको सीआईबीले गत असार १३ गते तीन जना र असार १२ गते एक जना चार जनलाई पप्रहरीले पक्राउ गरेको थियो । १३ गते अदालतमा पेश गरिएकामा काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । त्यही दिन नै उनीहरु बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालत पुगेका थिए । सर्वोच्चबाट ‘स्टेअडर’ ल्याएको पाइएपछि पक्राउ परेका अन्य कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको थियो ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि सोही प्रकरणमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अहिले पनि विचाराधीन रहेको छ ।

Share News