बालेन, हर्क र रविबीच तुलना नगरौं : कलाकार गिरी

<p>काठमाडौं । कलाकार दिपकराज गिरीले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच तुलना नगर्न आग्रह गरेका छन् । उनले यी तीन जनाकै पद छुट्टा छुट्टै र काम फरक फरक भएकोले यिनीहरुबीच तुलना गर्न नहुने बताएका छन् । तुलना गर्नुभन्दा उनीहरुले गरेको काम अनुसार समर्थन [&hellip;]</p>

काठमाडौं । कलाकार दिपकराज गिरीले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच तुलना नगर्न आग्रह गरेका छन् । उनले यी तीन जनाकै पद छुट्टा छुट्टै र काम फरक फरक भएकोले यिनीहरुबीच तुलना गर्न नहुने बताएका छन् ।

तुलना गर्नुभन्दा उनीहरुले गरेको काम अनुसार समर्थन र सचेत गराउनु पर्ने कलाकार गिरीको भनाई छ ।

‘बालेन र हर्कको कार्यकारी पद हो, जबकी रविको होइन, उनी अहिले काम गर्ने पदमा नै छैनन, त्यसैले यिनीहरूबीच तुलना गर्नुभन्दा उनीहरूले गरेको काम अनुसार समर्थन र सचेत गराउनु राम्रो होला,’ गिरीले सामाजिक सञ्जालमार्फत भने ।

नयॉ पुस्ताका यी तीन नेताहरू प्रति जनताको विश्वास चुलिनु राम्रो पक्ष रहेको तर उनीहरुलाई नै तुलना गरेर ट्रोल बनाउनु गलत रहेको उनको बुझाई छ ।

‘उनीहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रवृत्तिलाई जिताउनु हो,’ गिरीले भनेका छन् ।

Share News