संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै

<p>काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  प्रतिनिधि सभा बैठकले आर्थिक विधेयकमाथि छलफल हुँदै छ । विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आजै [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  प्रतिनिधि सभा बैठकले आर्थिक विधेयकमाथि छलफल हुँदै छ । विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आजै आर्थिक विधेयक(२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

आजै उनले राष्ट्र ऋण उठाउने विधेयक(२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।

Share News