काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो ।
पर्सा क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका रौनियारविरुद्ध बाँकेको जिल्ला प्रहरी कार्यालयमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।