काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले दोषी ठहर गरेको हो ।
खड्का माथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाखको गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
दोषी ठहर भएसँगै विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो ।