बैंक साहु होइनन्, ३ प्रतिशतमै ऋण दिनु पर्छ : अध्यक्ष ओली

<p>काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएक छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताएका हुन् । बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए । [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएक छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताएका हुन् ।

बैंक र वित्तीय संस्था साहु हुन नहुने भन्दै उनले युवा उद्यमीलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘परियोजना उपयुक्त छ भने ऋण दिनुपर्छ, त्यसको अनुगमन पनि बैंकले गर्नुपर्छ,’ उनले भने, ‘उद्यमी बिग्रँदा ऊ मात्रै बिग्रीदैँन, बैंक पनि बिग्रन्छ, त्यसैले अनुगमनको दायित्व बैंकको हुनुपर्छ ।’

आफ्नो नेतृत्वको सरकारको पालामा महिला युवा उद्यमीका लागि ३ प्रतिशतमा १५ लाख रुपैयाँसम्म ऋण दिन सुरु गरिएको र त्यसलाई नै निरन्तरता दिनु पर्ने उनको भनाइ छ । उद्यमशीलताले रोजगारी सिर्जना गर्ने भन्दै उनले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए ।

‘अव्यावहारिक नीति सरकारले हटाउनुपर्छ, कृषक र उद्यमीलाई पाँच वर्षका लागि होइन १० देखि २० वर्षका लागि ऋण दिनुपर्छ,’ उनले भने । उत्पादन वृद्धि १० प्रतिशतमाथि पुर्याउन सकिने भन्दै उनले सरकारले अनुशासित ढङ्गले काम गरेमा दुई वर्षमा १० प्रतिशत बढाउन सकिने बताए । नेपाल अब रोजगारी नभएर उद्यमशीलताको बाटोमा लाग्नुपर्ने उनको भनाइ छ ।

‘अहिले नेपालमा एक वर्षमा रोजगारको खोजी गर्नेजति सबै रोजगार छैनन् त्यसकारण अबको बाटो भनेको उद्यमशीलता हो रोजगार होइन,’ उनले भने । नेपालमा बजारीकरणको कुनै समस्या नरहेको भन्दै उनले ठूलो मात्रामा गुणस्तरीय सामान उत्पादन गरेर राम्रो प्याकेजिङ गर्न सुझाव दिए ।

पुरानो तरिकाले नभएर सहकारी र समूहमा मिलेर धेरै उत्पादन गर्न उनको सुझाव थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना रहेको भन्दै त्यसको उचित प्रयोग गर्न नसकिएको उनले बताए । पछिल्लो समय मजदुर आन्दोलन नभएको हुँदा ती समस्याबाट उद्यमीलाई राहत पुगेको उनले बताए ।

Share News