काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको छ ।
दोलखा जिल्लाको मैनापोखरी बजारमा स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान भन्ने नारालाई सार्थकता दिँदै बिहीबार सहकारी संस्थाले वृक्षारोपण गरेको हो ।
उक्त वृक्षारोपणमा डिभिजन वन कार्यालयका कर्मचारी, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय मैनापोखरीका कर्मचारी, संस्थाका पदाधिकारी तथा कर्मचारीहरु, सहकारीकर्मी, शिक्षक, व्यापारीहरुको उपस्थितिमा भएको थियो ।

उक्त संस्थाको सहयोगमा कपुरको विरुवा १५० वटा, कल्की १५० वटा, धुपी १५० वटा र जकाराण्डको विरुवा ५० वटा गरी ५०० वटा विरुवा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।