२ अर्ब लगानीमा खुल्यो प्राइम-टाइल्स्, ३ सय जनालाई रोजगारी

<p>काठमाडौं । प्राइम सेरामिक्स् प्रा. लीले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम-टाइल्स् विथ स्टाइललाई बिक्री-वितरणमा ल्याएको छ । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो । नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले रौतहटस्थित बृन्दावन नगरपालीका-६ मा १० विघा क्षेत्रफलमा [&hellip;]</p>


काठमाडौं । प्राइम सेरामिक्स् प्रा. लीले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम-टाइल्स् विथ स्टाइललाई बिक्री-वितरणमा ल्याएको छ । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो ।

नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले रौतहटस्थित बृन्दावन नगरपालीका-६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधीद्धारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ ।

विश्वमा सेरामिक प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी (एसएसीएमआई) को सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको छ ।

हाल वार्षिक १५ अर्ब रुपैँया बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उद्योगले देशको कुल खपतको लगभग एक-चौथाइ माग पूरा गर्नेछ । साथै उधोगले आयात प्रस्थिापन गर्ने, बिदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने छ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।

कम्पनीले एकै छानामुनी घरायसी, ब्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदीमा प्रयोगको लागि हाल अधिकतम २*४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ ।

विगत दुई दशकदेखि नेपालमा टायल ब्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्धारा प्रवर्द्धित प्राइम सेरामिक्स् प्रा. लीको कुल लगानी दुई अर्ब रुपैँया रहेको छ । दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।

Share News