काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा पाकिस्तान तर्फ प्रस्थान भएका छन् । उनी नेपालमा तीन दिन बसेर आज बिहान ११ बजेको जहाजमा पाकिस्तानतर्फ प्रस्थान भएका हुन् ।
उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका थिए । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार काठमाडौं आएका थिए । उनी नेपाल आउनु कारण भने खुलेको छेन ।