मासु उत्पादनमा कृषकलाई अनुदान

<p>गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने ८५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरूलाई मासु उत्पादनका आधारमा २५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो । चालू आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । पशुपालक किसानलाई [&hellip;]</p>

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने ८५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरूलाई मासु उत्पादनका आधारमा २५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो ।

चालू आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो १५ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० अनुदान उपलब्ध गराएको छ ।

चालू आवमा २ हजार ३७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताए । यसबाहेक १२१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ ।

गाउँपालिकाले सम्बन्धित वडाका पशु सेवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो । गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउँछन् ।

‘किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो,’ उनले भने, ‘पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिकाभित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।’

कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको विश्वास छ । रासस

Share News