नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताए । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताए । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए । मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने भनाई राखे ।

अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए । उनले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको, कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको र मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताए ।

‘मुलुक आलुमा आत्मनिर्भरता तर्फ अघि बन्दै गएको छ, प्याजमा पनि आत्मनिर्भर तर्फ जानैपर्छ, त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो। एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ । आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नी ? सरकारको अहिले पनि उत्पादकहरु साना-साना छन् । व्यवसायीक रुपमा एउटैले उत्पादन गर्दैन । सप्लार्यस पनि साना-साना छन् । किसानहरु धादिङ,काभ्रे,नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरु भ्याटको परिधि भित्र आउँदैनन्,’ उनले भने ।

‘कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह छ, उनीहरुले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरुले सडकमा फालिरहेका छन्, त्यहाँ याक्सेसमा समस्या छ, उनीहरुको बलियो नेटवर्क छ, त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन, बाहिरबाट आएको सरसति प्रवेश गर्छ, मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट लाग्दैन, विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ, डिपार्टमेन्ट स्टोरमा जसले किन्छ, डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ, डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ, साना–साना पसलहरुमा कुनै भ्याटको व्यवस्था छैन, भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोर बाहेक अन्य कुनैमा लाग्दैन, यो भ्याटले नेपाली उत्पादकहरुलाई हैसला दिन्छ, यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन,’ अर्थमन्त्री महतले भने ।

Share News