काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
नेप्सेले प्रतिकित्ता १०२१.८२ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ११२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ ।