काठमाडौं । झापामा १ हजार ५५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा ८ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा ४२१, बाहुनडाँगीमा १५.५५, मेचीनगरमा ३९, धाइजनमा ३३.१३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए ।
यस्तै, सतासीधाममा २७.७२, लखनपुरमा १११, दमकमा ११.५, पृथ्वीनगरमा २ र राजगढमा २६.५ हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।
झापाका २ स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।