ज्याक माको नेपाल बसाई : मेरियटमा लन्च, द्वारिकाजमा बास, मेघौली घुमघाम

<p>काठमाडौं । मंगलबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ खर्बपति ज्याक मा तीन दिन नेपालमा बस्ने भएका छन् । मंगलबार काठमाडौंको द्वारिकाज होटलमा बास बसेर बुधबार बिहान चितवनको मेघौली जाने कार्यक्रम रहेको पाइएको छ । मंगलबार दिउँसो विमानस्थलमा अवतरण गरेपछि मेरिअट होटलमा खाना (लन्च) खाएर उनीहरु राती द्धारिकाज होटलमा बस्न जाने जनाईएको छ । उनीहरु बस्नका लागि द्धारिकाजको [&hellip;]</p>

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं आइपुगेका चिनियाँ खर्बपति ज्याक मा तीन दिन नेपालमा बस्ने भएका छन् । मंगलबार काठमाडौंको द्वारिकाज होटलमा बास बसेर बुधबार बिहान चितवनको मेघौली जाने कार्यक्रम रहेको पाइएको छ ।

मंगलबार दिउँसो विमानस्थलमा अवतरण गरेपछि मेरिअट होटलमा खाना (लन्च) खाएर उनीहरु राती द्धारिकाज होटलमा बस्न जाने जनाईएको छ । उनीहरु बस्नका लागि द्धारिकाजको सबैभन्दा महँगो कोठा बुक भैसकेको छ ।

एक महिला सहित ७ सदस्यीय समूहमा नेपाल आएका उनि मेघौलीमा रहेको सेराइ रिसोर्टमा बस्ने कायक्रम रहेको जनाईएको छ ।

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार बंगलादेशको ढाकाबाट दिउँसो काठमाडौं आइपुगेको बताइएको छ ।

उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

Share News