१५ दिनको भिजिट भिसामा नेपाल आए ज्याक मा, तीन दिन यतै बस्ने

<p>काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका हुन् । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी जापान हुँदै नेपाल आएका हुन् । उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी [&hellip;]</p>

काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा नेपाल आएका छन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका हुन् ।

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार दिउँसो काठमाडौं आइपुगेको बताइएको छ । उनी जापान हुँदै नेपाल आएका हुन् ।

उनी १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमका सूचना अधिकारी खिमराज भुषालले जानकारी दिए । ‘उहाँ नेपाली समय अनुसार मंगलबार दिउँसो २.३० बजे नेपाल आउनुभएको हो, बंगलादेशबाट चार्टड उडानमा एक महिलासहित ७ जना आउनुभएको हामीलाई जानकारी छ’, उनले भने ।

पर्यटक भिषामा नेपाल आएपनि के प्रयोजनका लागि आएको विषय विभागमा जानकारी नहुने उनले बताए । उनी अब तीन दिन नेपालमै बस्ने तालिका रहेको बताइएको छ ।

Share News