बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

<p>काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त वस्तु आज बिहान ८.३० बजे फेला [&hellip;]</p>

काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो । रासस

Share News