काठमाडौं प्लाजामा राजघराना गजल रेष्टुरेण्ट र निरमाया दोहोरी साँझको अटेरी

<p>काठमाडौं । राजघराना गजल रेष्टुरेण्ट र निरमाया दोहोरी साँझलाई घरखाली गर्न नेपाल ट्रष्टले आग्रह गरेको छ । नेपाल ट्रस्टको काठमाडौं प्लाजा भवनमा राजघराना गजल रेष्टुरेण्ट एण्ड पार्टी भेन्यू र निरमाया दोहोरी साँझलाई ७ दिनभित्र घर खाली गर्न आग्रह गरेको हो । यदि ७ दिनभित्र घर खाली नगरे कानुनी प्रक्रिया अघि बढाउने ट्रष्टले चेतावनी दिएको छ [&hellip;]</p>

काठमाडौं । राजघराना गजल रेष्टुरेण्ट र निरमाया दोहोरी साँझलाई घरखाली गर्न नेपाल ट्रष्टले आग्रह गरेको छ । नेपाल ट्रस्टको काठमाडौं प्लाजा भवनमा राजघराना गजल रेष्टुरेण्ट एण्ड पार्टी भेन्यू र निरमाया दोहोरी साँझलाई ७ दिनभित्र घर खाली गर्न आग्रह गरेको हो ।

यदि ७ दिनभित्र घर खाली नगरे कानुनी प्रक्रिया अघि बढाउने ट्रष्टले चेतावनी दिएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौ. महानगरपालिका ३१ कमलादीस्थित कित्ता नम्बर २२३५ क्षेत्रफल ५–०–२–० रोपनी जग्गामा अवस्थित काठमाडौं प्लाजा भवन रहको छ । स

काठमाडौं प्लाजाको माथिल्लो तलामा तत्कालीन अवस्थामा सञ्चालन रहेको राजघराना गजल रेष्टुरेण्ट र निरमाया दोहोरी साँझका सरसामानहरू वि.सं. २०७८ बैशाख २ गतेदेखि शिलबन्दी अवस्थामा रहेका थिए ।

गत बैशाख १४ गते वडा कार्यालयका प्रतिनिधि, प्रहरी र सञ्चालकको रोहवरमा ताला खोली सामानहरू जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बुझिलिन भरपाई भएको र सोको मुचुल्का समेत तयार भएको थियो । तर, हालसम्म पनि सो स्थान खाली नभएकाले अबको ७ दिनभित्र खालि गर्न भनेको हो ।

घर खाली गर्न फोन, भाइबरबाट सम्पर्क गर्दा पनि उपस्थित नभएकाले अबको ७ दिनपछि कानुन प्रक्रिया अघि बढाउने ट्रष्टले जनाएको छ ।

Share News