शिव शिखर सहकारीका सञ्चालक शर्माले चलाएको टीभी पनि बन्द, अन्य कम्पनी पनि संकटमा

<p>काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्माको मुख्य लगानी रहेको एउटा टेलिभिजन पनि बन्द भएको छ । सहकारीका बचतकर्ताको बचत विभिन्न कम्पनीमा लगानी गरेका शर्माले सञ्चालन गरेको अर्थन्यूज टीभी पनि बन्द भएको हो । शिव शिखर सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनी, विभिन्न मार्ट र टीभीमा प्रयाेग [&hellip;]</p>

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्माको मुख्य लगानी रहेको एउटा टेलिभिजन पनि बन्द भएको छ । सहकारीका बचतकर्ताको बचत विभिन्न कम्पनीमा लगानी गरेका शर्माले सञ्चालन गरेको अर्थन्यूज टीभी पनि बन्द भएको हो ।

शिव शिखर सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनी, विभिन्न मार्ट र टीभीमा प्रयाेग गरेका थिए । उनले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी विरुद्द उजुरीको चाङ्ग लाग्न थालेको छ ।

एकपछि अर्को उजुरी परेपछि उनी अहिले फरार छन् भने उनकी श्रीमती गिता शर्मा र दुई जना सञ्चालक पक्राउ परेका छन् । सहकारी विभागले विभिन्न नियकाहरुको सहयोगमा अनुसन्धान गर्दा सहकारीको १० अर्ब बचतमध्ये १ अर्ब ९० करोड रुपैयाँ सहकारीका सदस्य र बाँकी ८ अर्ब बढी रकम सो सहकारीका सिस्टर कम्पनीहरुमा लगानी गरेको भेटिएको छ ।

बन्द भएको टीभीमा कार्यरत कर्मचारीले लामो समयदेखि तलब नपाएको गुनासो गर्दै टीभी छाेड्न बाध्य भएका छन् । उनले सञ्चालन गरेका विभिन्न मार्टहरु बन्द भइसकेका छन् भने अन्य कम्पनीहरु पनि संकटको अवस्थामा रहेको बुझिएको छ ।

Share News