‘एक वडा, एक नमुना उद्यम’ लाई महानगरको एक करोड बजेट, जब लिङ्क एप प्रयोगमा ल्याइने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भइएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालनको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजनाले महानगरवासीको सुख दुःखमा साथ दिने उद्देश्य लिएको छ । उक्त उद्देश्य [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भइएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सञ्चालनको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ ।

महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजनाले महानगरवासीको सुख दुःखमा साथ दिने उद्देश्य लिएको छ । उक्त उद्देश्य पुरा गर्नको लागि महानगरपालिकाले आगामी बजेट मार्फत २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, महानगरले रोजगारी वृद्धिको लागि बेरोजगार र रोजगारदाता बिच जब लिङ्क एप पनि प्रयोगमा ल्याउने भएको छ । जसको लागि महानगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरेको पनि महानगरले जानकारी दिएको छ ।

Share News