काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने भएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको जनाएको हो ।
व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ ।
वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ ।