रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा ?

<p>काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न १३ औं वार्षिक साधारण सभा डाकेको छ । फाइनान्स कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते बिहान ११ बजे स्मार्ट ब्याङ्क्वेट धुम्बाराहीमा डाकेको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न १३ औं वार्षिक साधारण सभा डाकेको छ । फाइनान्स कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते बिहान ११ बजे स्मार्ट ब्याङ्क्वेट धुम्बाराहीमा डाकेको हो ।

फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, फाइनान्सको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै, सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्न ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

यस्तै, बोनस सेयर वितरण पश्चात् कायम हुन आउने चुक्ता पूँजी तथा जारी पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ ।

फाइनान्सको केन्द्रिय कार्यालयका लागि काठमाडौं महानगरपालिका १ कमलादीमा नै घरजग्गा खरिद गरेको हुँदा काठमाडौं महानगरपालिका २८ प्रर्दशनीमार्गबाट स्थानान्तरण गर्नेछ । त्यसैले कम्पनीको केन्द्रिय कायालयको ठेगाना प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सञ्चालकले पाउने पत्र पत्रिका तथा सञ्चार सुविधा वृद्धि गर्ने प्रस्ताव फाइनान्सको सञ्चालक समितिले गरेको छ । मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ ।

फाइनन्सले साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार १९ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News