७१ हजार मेट्रिक टन मल मौज्दात छ, किसानलाई सास्ती हुँदैन : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्ष मलको अभाव खेप्नु नपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्यले गरेको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष मलको अभाव नहुने बताएका हुन् । विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउँदै उनले मलको अभाव नहुने स्पष्ट पारेका हुन् । उनले चालू [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्ष मलको अभाव खेप्नु नपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्यले गरेको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष मलको अभाव नहुने बताएका हुन् ।

विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउँदै उनले मलको अभाव नहुने स्पष्ट पारेका हुन् । उनले चालू आर्थिक वर्षको हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको पनि जानकारी दिए । उनले असारभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने दाबी गरे ।

‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ छु’ रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ,’ उनले भने ।

Share News