जोरपाटीकाे सानो बजारमा कुमारी बैंककाे क्युआर सेवा

<p>काठमाडौं । स्थानीय ग्राहकहरूको दैनिक आवश्यकिय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण भएको छ । यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंकले काठमाडौं जोरपाटी स्थित यस सानो बजारका व्यवसायीहरूको लागि क्युआर सुविधा ल्याएको छ । आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने [&hellip;]</p>

काठमाडौं । स्थानीय ग्राहकहरूको दैनिक आवश्यकिय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण भएको छ ।

यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंकले काठमाडौं जोरपाटी स्थित यस सानो बजारका व्यवसायीहरूको लागि क्युआर सुविधा ल्याएको छ ।

आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्युआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ ।

यसै क्युआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि बैंकले सानो बजारमा निःशुल्क वाई फाई सुविधा पनि उपलब्ध गराएको छ ।

साथै, बैंकले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सिसि क्यामेराको पनि व्यवस्था गरेको छ ।

सानो बजारको यस उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य माननीय सन्तोष चालिसे , प्रतिनिधि सभाका सदस्य माननीय शान्ति श्रेष्ठ, तथा गोकर्नेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल , उप(प्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई, तथा बैंकको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल लगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

Share News