काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन) ले नेपालमा भारतीय फिल्म ‘आदिपुरुष’ कुनै पनि हालतमा चल्न नदिने बताएका छन् । उनले फिल्म चलाउन अदालतको आदेश भएपनि आफूले कुनै हालतमा उक्त आदेश नमान्ने बताएका हुन् ।
‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
साथै, अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा रहेको र अदालत र नेपाल सरकार भारतको गुलाम भएको उनको बुझाइ छ ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन, फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ उनले भनेका छन् ।