काठमाडौं । पूर्ब बैंकर अनिल केशरी शाहले अब राजनीतिक रुपमा आफु अगाडि बढ्ने बताएका छन् । उनले आफु बैंकिङमा सफल भएजस्तै सोही किसिमले राजनीतिमा पनि जम्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजना गरिएको वार्षिकोत्सब कार्यक्रममा पार्टी प्रवेश गर्दै उनले अब आफु राजनीतिमार्फत् देशको सेवा गर्ने बताएका हुन् ।
उनले अब सबैले रास्वपामा सहभागी भएर देशको सेवा गर्नु पर्ने पनि बताए ।
‘रास्वपा नयाँ सोच बोकेर आएको पार्टी हो, हाम्रो इतिहास हेर्नुस्, पहिले राणा शासन गयो, पञ्चायत शासन गयो, धेरैले गण्तन्त्र आउँछ र भनेर कल्पना पनि गरेका थिएनन्, तर सम्भव भयो, अहिले रास्वपा आएपछि धेरैले खिसिट्युरी गरेका छन्, यो नेपाली सबैकाे पार्टी हो, कपाल सेतो छकि छैन, भन्ने होइन, युवा होकि होइन भन्दा पनि हामी यो अभियानमा सबै जोडिऔं,’ उनले भने ।
उनले आफ्नो विशेषता नेतृत्व विकासका लागि भएको बताउँदै पार्टीमा सीपको विकासको लागि भूमिका खेल्ने बताए । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाउँदै स्वागत गरेका हुन् ।