काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीमा स्वागत गर्न भुमिका खेल्ने बताएका छन् ।
बिहीबार पार्टीको पहिलो वार्षिकोत्सब कार्यक्रम बोल्दै उनले बोलनलाई पार्टीमा ल्याउने आफ्नो चाहना भएको बताएका हुन् ।
‘बालेनप्रति हामी शतप्रतिशत सकारात्मक छौं, उहाँको कामको प्रशंसा पनि गरिरहेको छु, राम्रो कामको सघाउ गरिरहेको छु, उहाँ पार्टीमा आउनु भयो भने हामी खुसी हुन्छौं’, उनले भने ।