काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त सञ्चालक समितिको असार ६ गते बसेको बैठकले असार २८ गते पनौती काभ्रेमा बिहान ११ बजेसाधारसभा बोलाएको हो ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ ।
लघुवित्तले साधारणसभा प्रयोजनको लागि असार १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।