साउनदेखि काठमाडौंमा प्लाष्टिक प्रयोग निषेध, चुरोट र सुर्ती किनबेच गर्न नपाइने

<p>काठमाडौं । काठमाडौंमा साउनदेखि प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ । काठमाडौं महानगर पालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन)ले आगामी साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेनले सो बताएका हुन् । &#8216;२०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा साउनदेखि प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ । काठमाडौं महानगर पालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह (बालेन)ले आगामी साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेनले सो बताएका हुन् ।

‘२०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिवन्ध लगाइनेछ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ,’ उनले भने ।

त्यस्तै, महानगरले आगामी आवमा सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

Share News