काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । आयल निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।
यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो । प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ ।
प्राधिकरणले सार्वजनिक नयाँ भाडादर अनुसार काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ ।
कुन दुरीमा कति रुपैयाँ घट्यो ?

