पार्किङको भवन बनाउँदा महानगरले ९० प्रतिशत छुट दिने 

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ्ग प्रयोजनको मेकानिकल स्टिल स्टक्चर लागि मात्र भवन निर्माण गरे नक्सापास वापत लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सो बताएका हुन् । ‘निजी क्षेत्र, संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ्ग [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ्ग प्रयोजनको मेकानिकल स्टिल स्टक्चर लागि मात्र भवन निर्माण गरे नक्सापास वापत लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सो बताएका हुन् ।

‘निजी क्षेत्र, संघसंस्था तथा व्यक्ति विशेषले सवारी साधन पार्किङ्ग प्रयोजनको मेकानिकल स्टिल स्टक्चरका लागि मात्र भवन निर्माण स्वीकृतिको लागि नक्सा पेश गरेमा निर्माण हुने भवनको नक्सापा सवापत लाग्ने कुल दस्तुरमा ९० प्रतिशत छुट दिइनेछ,’ उनले भने ।

यस्तै, बालेनले सबैका लागि पार्किङ्ग सुविधा कार्यक्रम सञ्चालनार्थ मोबाइल एप्लिकेशन तयार गरी प्रयोगमा ल्याइने पनि बताए ।

 

Share News