नागरिक लगानी कोषले चुक्ता पुँजी बढाउने, पायो सरकारको स्वीकृति

<p>काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन स्वीकृति दिएको हो । हाल कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख ५ सय रुपैयाँ रहेको छ । मन्त्रिपरिषद्को बैठकले योसँगै अन्य ८ [&hellip;]</p>

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन स्वीकृति दिएको हो ।

हाल कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख ५ सय रुपैयाँ रहेको छ ।

मन्त्रिपरिषद्को बैठकले योसँगै अन्य ८ वटा निर्णयहरु गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरु

धुर्मुस सुन्तली फाउण्डेसनले “गिरानचौर एकीकृत नमूना बस्ती पुननिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना’ को स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर छुट दिने छ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा (५) बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसूरको शुरु कारबाही र किनारा गर्ने अधिकार तथा बैङ्किङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १७ को उपदफा (१) बमोजिम सोही ऐनको दफा ३ को खण्ड (ग) बमोजिमको कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई तोक्ने छ ।

नेपाल-चीन सीमानाको तातोपानी/झाङमु स्थित सीमा चिन्ह (स्तम्भ) ५३ (१) लाई यथास्थानमा संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको छ ।

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडीएडब्लु), १९७९ को सातौं आवधिक प्रतिवेदन सीईडीएडब्लु समितिमा पठाउन स्वीकृति दिने निर्णय भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने आठौं एनआरएनए मिडिल इस्ट रिजिनियल कन्फिरेन्स (एमआरसी) मा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउन स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।

नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।

चीनको सिचुवान प्रान्त, छेन्दुङमा २०८० साल असार १२ गतेदेखि १४ गतेसम्म सिचुवान काउन्सिलको आयोजनामा हुन १२औं चीन(सिचुवान) साउन एशिया एण्ड साउथइस्ट एशिया बिजनेस लिडर्स समीट कार्यक्रममा सहभागी हुन म्याग्दी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाको भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।

Share News