मेयर बालेनको निर्णयविरुद्ध हल सञ्चालक पुगे अदालत

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध फिल्म हल सञ्चालक अदालत पुगेका छन् । काठमाडौं महानगभित्रका हलहरुमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने बालेनको निर्णयविरुद्ध उनीहरु अदालत पुगेका हुन् । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको श्रोतले बतायो । श्रोतका [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध फिल्म हल सञ्चालक अदालत पुगेका छन् । काठमाडौं महानगभित्रका हलहरुमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने बालेनको निर्णयविरुद्ध उनीहरु अदालत पुगेका हुन् ।

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको श्रोतले बतायो । श्रोतका अनुसार यो मुद्दाको सुनुवाई बिहीबार हुने छ ।

भारतीय फिल्म ‘आदिपुरुष मा जानकी भारतीय नारी हुन भन्ने विषयमा विवाद चर्किएपछि मेयर बालेनले काठमाडौं उपत्यकाका सबै फिल्म हललाई गत शुक्रबारदेखि फिल्म प्रदर्शन रोकेका हुन् ।

महानगर प्रमुख शाहले विवादित अभिव्यक्ति भारतमा समेत नहटाएसम्म नेपालमा हिन्दी चलचित्र प्रदर्शन हुन नदिने बताएका छन् भने नेपालको सेन्सर बोर्डले भने विवादित अभिव्यक्ति हटाएर प्रदर्शनको अनुमति दिएको छ ।

Share News