हवाई इन्धनको मूल्य घट्यो, भारतमा भन्दा नेपालमा सस्तो

<p>काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य सूचीमा हवाई इन्धनको मूल्य घटेर आएको हुँदा मंगलबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर २०० अर्थात् प्रतिलिटर [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले हवाई इन्धनको मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचीमा हवाई इन्धनको मूल्य घटेर आएको हुँदा मंगलबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर २०० अर्थात् प्रतिलिटर २६ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

अब नयाँ बिक्री मूल्य सूची अनुसार आन्तरिकतर्फ प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ नयाँ बिक्री मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर १ हजार १५० अर्थात् प्रति लिटर करिब १५१ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पश्चात् भारतको तुलनामा नेपालमा बिक्री गरिने हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्य प्रति लिटर ३.६९ रुपैयाँ सस्तो रहेको बताइएको छ ।

Share News