चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

<p>काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका शर्मा, पूर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई ९ वर्ष कैद सजाय सुनाएको हो । मंगलबार विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई ९ वर्ष [&hellip;]</p>

काठमाडौं । विशेष अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ । अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका शर्मा, पूर्वअध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई ९ वर्ष कैद सजाय सुनाएको हो ।

मंगलबार विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना र ढकाल र शर्मालाई ९/९ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै, इजलासले उनीहरूलाई चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो । यता गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो ।

Share News