काठमाडौं । माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले समाजवादी मोर्चा घोषणा गर्दै ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने बताइएको छ ।