महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा छुट

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट योजना ल्याएको छ । सम्झौतापछि बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले विशालनगरस्थित आरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट योजना ल्याएको छ ।

सम्झौतापछि बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले विशालनगरस्थित आरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत (कपाल रोप्ने र कपाल झर्ने रोगको उपचार) छुट उपलब्ध हुने छ ।

यसबाहेक इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवीको बुँइगल लाउन्ज एण्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाटको एल्लो हात्तिका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी र मैतिदेवीको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा १० प्रतिशत छुट हुने छ।

यस्ता सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ।

Share News