राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ हुन कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

<p>विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै उनले कर्मचारीलाई निर्देशन दिएका हुन् । सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन तथा ब्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई आग्रह गरेका थिए । ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी [&hellip;]</p>

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै उनले कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन तथा ब्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई आग्रह गरेका थिए । ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला, उनले भने, ‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो ।’

उनले आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी रहेकोभन्दै त्यो काम कर्मचारीबाट हुनुपर्नेमा जोड दिए ।

‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला, आम नागरिकलाई दुःख दिने काम नगर्नु होला’, उनले भने ।

Share News