काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सिष्टममा गडबडी आउँदा विद्युत आपूर्तिमा समस्या आएको बताएका छन्। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा अवरोध भएको बताएका हुन् ।
‘प्राधिकरणको सिष्टममा गडबडीका कारण मध्य र पश्चिम नेपालका धेरै जिल्लामा आपूर्तिमा समस्या आएको हो, कुनै दिनमा ११ पटकसम्म अवरोध भयो’ उनले भने- ‘नेपालमै विद्युत कटौतीगरी भारत निर्यात गरियो भनिएको छ, यो सरासर गलत हो ।’
उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको बताए । ‘तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रालागी राम्रो हो, तर माग धेरै हुदा २सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने ।
उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।