काठमाडौं । नेकपा माओवादीसहित ४ दलको समाजवादी मोर्चा भोलि घोषणा गरिने भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकले असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि उक्त मोर्चामा समेटिन तयार भएपछि समाजवादी मोर्चा नै घोषणा गरिन लागेको हो ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागेका हुन् । राष्ट्रिय सभागृहबाट सोमबार उपराह्रउक्त घोषणा हुने जनाईएको छ ।
नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको हो ।